लास खोज्न खोला खोला जान सक्दैन, खाेला खाेल्छाैँः वडासदस्य अधिकारी
साइराम उपरकाेटी
6:05 pm, बिहीबार, साउन २५, २०८०
काठमाडौं। काठमाडौं महानगरपालिकाका वडा नम्बर ७ का वडा सदस्य उज्ज्वल अधिकारीले खोला खोलेको ६ महिनामा खोलाको व्यवस्थापन गर्ने बताएका छन् ।
उनले भने, ‘खोलाले ठाउँ पाए कसैलाई असर गर्दैन । खोलाको आदि माटो निकाले खोला बग्छ । हामी प्रत्येक वर्ष लास खोज्न खोला खोला जान सक्दैन । त्यसैले खोलालाई बग्ने बाटो बनाएर सुरक्षित बनाउन खोजिएको हो । खोलामा जहिले बच्चा मात्र पर्छ भन्ने छैन ठुलो मान्छे पनि बग्छ सक्छ त्यसैले खोलालाई बग्ने बातवरण बनाउनु पर्छ । ’
अधिकारीले आफू साने हुँदा उक्त खोलामा पौडी खेलेको तर अहिले बाटो बनाएको बताए ।
उनले थपे, ‘खोलाको जग्गा मिचेको छैन तर खालाको किनारमै पिलर राखेर घर बनाएको छ । खोला बग्न पाउँनु पर्छ त्यसैले खोला खोल्नु पर्छ । हामीले खोला खोलेको ६ महिनामा हाम्रो क्षेत्रलाई सुरक्षित बनाउने छौँ । हामीलाई पैसाको महत्त्व छैन जनताको महत्त्व छ । गगन थापाले २२ करोडको कलवड बनाउन योजना ल्याएको थियो । तर अवरोध भएर कलवड बन्न सेक्न । विकासमा राजनीति गर्ने धेरै छन् । विकासमा राजनीति गर्न हुदैन् ।’
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले कामपाका वडाअध्यक्ष र बुनपाको वडाअध्यक्ष बिचको छलफल पश्चात आफ्नो खोलको सिमाना खोल्ने बताएका छन् ।
उनले हामी जनताको लागि काम गछौँ त्यसैले खोला खोल्ने बताए ।
काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमास्थित सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको थियो । खोलामाथि राखेको स्याल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको थियो ।
स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबिच झडप समेत भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् । अहिले काठमाडौं महानगरको टोली खोला खोल्ने आदेश कुर्दै छन् ।
FACEBOOK COMMENTS