काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड, अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज घोराही सिमेन्ट इन्डष्ड्रिका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ दशमलव ९९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्यारेन्स कम्पनीको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५८ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS