काठमाडौं । असार मसान्तसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २२.२७ प्रतिशतले बढेर ४५ करोड ८२ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा ३७ करोड ४८ लाख ११ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १४.९५ प्रतिशतले घटेर १ अर्ब ५२ करोड ३८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
साविकका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हलार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको बिमा कोषको आकार ९०.१० प्रतिशतले बढेर २ अर्र्ब २८ करोड ३३ लाख १८ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोषमा ९१ करोड ३२ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ९२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS