काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रमा आएको समस्या कम हुने बताएका छन् । मंगलबार भृकुटीमण्डपमा सञ्चालन भएको १५ ओैं संस्करण नाडा अटो शो २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने हरेक क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो । आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् । पर्यटन आगमन बढेको छ,ु अर्थमन्त्री महतले भने, ुलामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ । पक्कैपनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।
पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ । अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ । यसका लागि व्यवसायीहरु अघि बढ्नुपर्छु, उनले भने । सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने उनले बताए ।
FACEBOOK COMMENTS