काठमाडौं, माघ १२- अन्तर्राष्ट्रिय भंसार दिवस २०२०”को सन्दर्भमा नेपाल चेम्वर अफकमर्सद्धारा चेम्वर भवन कान्तीपथमा राजश्व सचिव शिशिर ढुड्डानाको प्रमूख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भयो । कायक्रम माझ राजश्व सचिव शिशिर कुमार ढुंगानाले नेपाल चेम्वरले अन्तर्राष्ट्रिय भन्सार दिवसको समारोह बिगत डेढ दशक दशक देखि निरन्तर मनाउदै आएको स्मरण गर्दै चेम्वरलाइ धन्यबाद दिदै स्वच्छ र स्वास्थ्य व्यवसाय प्रवद्र्धन गर्नको लागी समन्वय गरि आर्थिक समृद्धि प्राप्त गर्न सरकार र निजी क्षेत्र एक भएर जानु पर्ने बताए । साथै, भन्सार प्रशासनमा देखिएका समस्याहरुको उचित ढंगले सम्वोधन गर्न सरकार सदा तत्पर रहेको र त्यसको लागि निजी क्षेत्रबाट समेत व्यापार सहजीकरणमा आवश्यक सहयोग, सुझाव , सल्लाह र कानूनको परिपालना हुनुपर्नेमा जोड दिदै निजी क्षेत्रबाट सरकारको अपेक्षा पूरा हुने आशा एवम बिश्वास व्यक्त गरे । यस वर्ष भन्सार दिवसको नारा “कष्टम फोस्टरिङ सस्टेनेबिलिटी फर पिपल, प्रोस्परिटी एण्ड प्लानेट” रहेबाट भन्सारबाट आमजनता र मुलुकको समृद्धि र हामी वसेको पृथ्वीको समेत बातावरण बिकास एवम संरक्षण गर्न सरकार संवेदनशील रहेको बताए । त्यसैले भन्सारले दीगो अन्तर्गत सामाजिक, आर्थिक,स्वास्थ र वातावरणीय आवश्यकता समेतलाई प्राथमिकतामा राखेको बताए ।
सो अवसरमा व्यवसायिकवर्गबाट उठेका जिज्ञासाका सन्दर्भमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई पारदर्शी वनाउन सरकार कटिवद्ध रहेको बताउदै भन्सार प्रशासन पूर्णतः डिजिीटल हुने क्रममा अगाडी वढि सकेको र निजी क्षेत्र एवम सरकार वीच यसमा कुनै खाडल भए सो पूरा गर्न लागिपर्ने बताए । साथै उनले भन्सार प्रशासनमा बैध व्यापारको बिकल्प नभएको पनि स्पष्ट पारे ।
उक्त अवसरमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा अन्र्तराष्टिय भन्सार दिवस विगत डेढ दशक देखि नै चेम्बरको अगुवाइमा आयोजना हुंदै आएको बताउदै नियमित रुपमा कार्यक्रम आयोजना हुदै आएकोमा खुसी व्यक्त पनि गरे । साथै उनले भन्सार मूल्याकंन गर्ने प्रक्रियामा रहेका समस्यालाई उठान गर्दै अन्यथा प्रमाणित नभए सम्म वा राजश्व चुहावट भएको कुनै पूर्व सूचना नभए सम्म आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिनुपर्ने विश्वव्यापी मान्यता विपरित मूल्य निर्धारण हुंदा व्यापारी अनेकौ समस्यामा पर्ने गरेको बताए । अध्यक्ष श्रेष्ठले कारोवार मूल्यलाई अनिवार्य रुपमा मान्यता दिनुपर्ने माग समेत अघि सारे । उनले भन्सार दरवन्दि घटाउनु पर्ने र ई पेमेन्टबाट भूतmानी गर्ने व्यवस्था लागू गर्न जरुरी रहेको बताउदै भंसार प्रशासनमा बिगतको तुलनामा उल्लेखनीय सुधार भएको औंल्याए । राजश्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भंसारले सहजीकरणमा जोड दिनुपर्ने सुझाव पेश गरे । एकिकृत जांचचौकी तथा सुख्खावन्दरगाह स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुगेको धारणा राखे ।
प्रत्येक बर्ष भन्सार प्रशासनमा उत्कृष्ट योगदान पु–याएका कर्मचारीलाई संम्मान समेत गर्ने कार्यले कर्मचारीहरुको काम प्रतिको जवाफदेहिता र जिम्मेवारीवोध गराउन मद्धत मिल्ने हुंदा यस वर्ष रसुवा भन्सार कार्यालयका प्रमूख भन्सार अधिकृत पूर्ण बिक्रम खड्कालाइ भन्सार प्रशासनमा योगदान पुर्याएकोमा सम्मान गरियो ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहाल लगायत भन्सार बिभागका उपमहानिर्देशक तथा निर्देशकहरु, नेपाल चेम्बरका पदाधिकारी लगायत व्यवसायी प्रतिनिधिेहरुको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा व्यवसायिक वर्गबाट उठेका जिज्ञासाका सन्दर्भमा भन्सार विभागका महानिर्देशक सुमन दहालले जवाफदिंदै भन्सार प्रशाशनलाई पारदर्शि वनाउन सरकार कटिवद्ध रहेको बताए । कार्यक्रममा नेपाल चेम्बरका पदाधिकारी लगायत व्यवसायि प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत भन्सार बिभागका उपमहनिर्देशक तथा निर्देशकहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS