काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक १९८८ दशमलव ७० विन्दुमा रहेको छ ।
१२ लाख ३३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने ३८ कम्पनीको ५६ हजार ८९ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८३ पटक सेयर कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ५ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS