काठमाडौं । अन्तर्राष्ट्रिय साँकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी कंलंकीमा संचालनमा ल्याएको छ ।
रेस्टुरेन्टमा फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोलीले कम्पनीको व्यवस्थापन गर्न सक्ष्म रहेका छन् । देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले बताएको छ ।
केएफसी इन्डिया र नेपालका सीईओ, रजत लुथराले हाम्रो कम्पनीमा कार्यरत विशेष कर्मचारीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिने र सञ्चारले शब्दहरूलाई पार गर्ने बताएका छन् ।
उनले भने , ‘यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई चढावा दिने लक्ष्य राख्छौ । हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौ जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग काम गर्ने मौका पाएका छौं।’
लुथरले व्यापक प्रशिक्षणको साथ बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वा सेवा दिने सुनिश्चित गरेको बताए । साथै विशेष महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पाउँदा खुसी भएकोपनि बताए ।
अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने वाचा समेत कम्पनीले गरेको छ ।
केएफसी
केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ । यो सबै एक कुक, कर्नल हार्स्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपी बनाएका थिए र केएफसी १४५ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेका छ ।
लेप्रोसी मिसन नेपाल
बेलायत मा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागि काम गर्नु उनीहरूको मुख्य प्राथमिकता हो। निष्पक्षता प्रवर्द्धन गर्न र विकास प्रक्रियामा अपाङ्गता र कुष्ठरोगीहरूको सहभागिता प्रबर्द्धन गर्न स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, दिगो जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा हस्तक्षेपहरू सिर्जना गर्छन् ।
FACEBOOK COMMENTS