काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीलाई राज्यले सहयोग नगरेको बताए ।
बुधवारदेखि राजधानीमा सुरु भएको नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) द्वारा आयोजित फर्नेक्स नेपाल २०२३ मा बोल्दै बरिष्ठ उपाध्यष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सरकारले लिएको गलत नीतिका कारण मुलुक जटिल परिस्थितिमा पुगेको बताए । उनले भने,– राज्यले व्यवसायीहरुलाई पटक्कै सहयोग गरेन । सरकारले लिएको गलत नीतिले मुलुकलाई विषम परिस्थितिमा पुर्याएको छ ।
सोही अवसरमा बेला बेला गरि यस्ता खालको मेलाहरुले व्यवसायहरुको मनोबल उच्च बनाउन र व्यापार चलायमान बनान ठुलो भुमिका खेल्ने उनले बताए । उनले भने, ‘चाडपर्वहरुमा समेत व्यापार सुस्ताएको छ । यस्तो बेलामा राज्य मौन देखिन्छ । तर, फर्निचर एक्सपो जस्तो मेलाले भने व्यवासयीहरुको मनोबल उच्च बनाउन र व्यापार बढाउन ठुलो भुमिका खेल्छ ।’
उनले वन ऐन परिमार्जन गर्न आवश्यक रहेको र यसका लागि महासंघले पहल गरिरहेको बताए । उपाध्यक्ष श्रेष्ठले नेपालमा पाइने काठको सहि सदुपयोग आवश्यक रहेको औल्याए । उनले भने, ‘हाम्रो मुलुकमा पाइने काठलाई सहिसदुपोग गर्न आवश्यक छ । मुलुकभर काठ कुहिएर खेर जानभन्दा वन ऐन नै परिमार्जन गरि अघि बढ्नुपर्छ । यसका लागि हामीले पहल गरिरहेका छौं ।
FACEBOOK COMMENTS