अन्जनराज न्यौपाने
तनहुँ, १३ माघ -घरमा बसिरहेका एक बालकको सोमबार साँझ ६:३० वजेको समयमा चितुवा आक्रमणमा परि मृत्युु भएको छ ।मृत्युु हुनेमा बन्दिपुर गाँउपालिका-४ लोईपाखाका १० बर्षिया ईष्क सुनार रहेका छन्। घरमा बसिरहेको ईष्कलाई नजिकैको लोईपाखा जंगलबाट आएको चितुवाले उठाएर घर नजिकैको खोल्सामा लगेको भेटिएको छ । स्थानीयहरुले उनको शव देखेपछि ईलाका प्रहरी कार्यालय भानुमा खबर गरेका थिए।
खबर पाउने बित्तिकै प्रहरी कार्यालयका ईलाका ईन्चार्ज जितेन्द्र कुमार श्रेष्ठ नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा बालकको शरिरमा केही निलडाम नदेखिए र घाँटीमा प्वाल परेको अवस्थामा शव भेटिएको थियो ।यस लगत्तै सुक्ष्म रुपमा घटनाको अध्ययन अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए।
FACEBOOK COMMENTS