काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।
मंगलबार साँझ अस्वस्थ भएपछि प्रचण्डलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले प्रचण्डको स्वास्थ्य परिक्षण भइरहेको बताइएको छ । ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ’ प्रधानमन्त्रीका प्रेस काे-अडिनेटर सूर्य किरणले भने ।
FACEBOOK COMMENTS