काठमाडौँ । भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गतको फाइनल खेल आइतबार भारत र अष्ट्रेलियाबीच भइरहेको छ।
अहम्दाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेको थियो । ५० ओभरमा अलआउट भएको भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।
भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ५४, रोहीत शर्माले ४७, सुर्यकुमार यादव १८ र कुलदीप यादवले १० रनको योगदान गरे ।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले समान २/२ विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले १र१ विकेट हात पारे।
अब केहीबेरमै अष्ट्रेलियाले जवाफी ब्याटिङ गर्ने छ ।
FACEBOOK COMMENTS