काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघको कार्यक्रमको सुरक्षाका लागि काठमाडौंमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । एकीकृत सुरक्षा योजनासहित करिब १० हजार सुरक्षाकर्मी तैनाथ भएको गृहमन्त्रालयले जनाएको छ ।
जसमध्ये नेपाल प्रहरी पहिलो घेरामा, दोस्रो घेरामा सशस्त्र प्रहरी परिचान भएको छ । राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ र नेपाली सेनाको इन्टेलिजेन्सको टोली समेत खटिएको छ ।
प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच मुठभेड नहोस् भनेर सुरक्षाकर्मीले आवश्यक तयारी गरेको छ । बल्खुमा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच सामान्य झडप भएको छ ।
अहिले प्रहरीले झडपलाई नियन्त्रणमा लिएर आफ्नो गन्तब्यतर्फ पठाएको छ । बल्खुमा प्रसाईंको कार्यक्रम भइरहेको छ । युवा संघको कार्यक्रम तीनकुनेमा भइरहेको छ । दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट ¥याली आउनेक्रम जारी छ ।
FACEBOOK COMMENTS