महिलाविरुद्ध हुने हिंसाको स्वरुप अनेक रुपमा देखापर्नु अत्यन्तै चिन्ताको विषय
कर्पोरट खबर
8:20 am, शनिबार, मंसिर ९, २०८०
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई शिक्षित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरुविरुद्ध हुने लैङ्गिक, मानसिक, सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना फैलाउनु आजको आवश्यकता भएको उल्लेख गरे ।
महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेशसहित विश्वभरका सम्पूर्ण महिला दिदीबहिनीहरुको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै दिवसलाई कानुनले निषेध गरेको महिलाविरुद्धको सबै खाले हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा उनले जोड दिए ।
“पछिल्लो समय महिलाविरुद्ध हुने हिंसाको प्रारुप, स्वरुप र तरिका अनेक रुपमा देखापर्नु अत्यन्तै चिन्ताको विषय हो, समयमै यसलाई निरुत्साहित र निर्मूलन गर्न अति जरुरी छ, यो दिवसले परिवार, समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निरुत्साहित गर्ने कार्यमा लाग्न सबैलाई उत्प्रेरित गर्न सकोस्”, उनले भने ।
FACEBOOK COMMENTS