काठमाडौं । पर्सा मिलन केन्द्रले युवा उद्यमी आयुष केडियाको योगदानको कदर गर्दै कदपपत्र प्रदान गरेको छ ।
लामो समयसम्म व्यावसायिक क्षेत्रको विकासमा समर्पित भइ उल्लेखनीय तथा प्रसंशनीय योगदान पुर्याई पर्सा जिल्लाको गौरव अभिवृद्धि गरेको भन्दै उनलाई केन्द्रले कदरपत्र प्रदान गरेको हो ।
हिजो शनिबार काठमाडौंमा आयोजित २३औँ पर्सा दिवस समारोहका अवसरमा केडियालाई उपराष्ट्रपति रामसहाय यादवले कदरपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उद्योग वाणिज्य एवम् आपूर्तिमन्त्री रमेश रिजाललगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
केडियाको अनुपस्थितिमा डीएभी प्लस–टू कलेजका डाइरेक्टर सुमन बस्नेतले कदरपत्र ग्रहण गरेका थिए । कार्यक्रममा उद्योगपति ताराचन्द केडियालाई पनि उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै कदरपत्र प्रदान गरिएको थियो ।
कार्यव्रmममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवम् राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS