काठमाडौं । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ ।
यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।
जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगद रहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।
यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।
साथै अन्यकुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।
यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ ।
बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS