काठमाडौ । चार प्रतिशत लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आगामी पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड बैंकेटमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले ४ दशमलव २१०५% नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि सभामा छलफल गर्ने प्रस्ताव हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS