काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितोकर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटाएको छ ।
जस अनुसार ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको सीमा घटाएर १२५ प्रतिशत कायम गरिएको छ ।
यस्तै, रियल स्टेट कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमै झारिएको छ ।
यसअघि ५० लाख भन्दा धेरैको शेयरधितो कर्जामा जोखिम भार १५० प्रतिशत थियो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
FACEBOOK COMMENTS