काठमाडौं । भोजुरमा १५ वर्षीया बालिका र खोटाङमा १६ वर्षीया किशोरी बलात्कृत भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार भोजपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको अभियोगमा षडानन्द नगरपालिका–१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, खोटाङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–१ बस्ने २७ वर्षीय भक्तबहादुर सुनुवारलाई सोमबार पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS