काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गतेका लागी साधारणसभा आह्वान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS