काठमाडौँ । नेपाल एसबिआई बैङ्कले शाखा विस्तारको क्रममा ९७ औं शाखा तनहुँको दूलेगौंडामा सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशमा थपिएको यो शाखाबाट कारोबार सुरु गरिएको छ ।
हाल यस बैङ्कले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS