काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका बनाएको आचारसंहिता आजदेखि लागू भएको छ ।
आजदेखि माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ । यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्न गराउन पाइँदैन ।
निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न गराउन नहुने आयोगले जनाएको छ । यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न गराउन पाइँदैन ।
राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।
FACEBOOK COMMENTS