काठमाडौं,फागुन १२ – युनाईटेड फाईनान्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सिल्भर जुब्ली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
संस्थाले आइतबार विभिन्न कार्यक्रम गरी २५औं वाार्षिकोत्सव मनाएको छ । प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाडौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ४० जनाले रक्तदान गरेका संस्थाले जानकारी दिएको छ ।
साथै, संस्थाले सो अवसरमा खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजिक कार्यहरु संचालन गरेको थियो ।
यससँगै, संस्थाको वार्षिकोत्सवको थप कार्यक्रम आइतबार९आज० ६ बजे याक एण्ड यती होटलमा हुँदै छ ।
नेपालकै प्रतिष्ठित भरानाहरुबाट प्रवद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । हाल कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS