काठमाडौं । सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक अब रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर बनेको छ ।
ट्रेड सेन्टरले अब देखि सीएफ मोटो ब्रान्ड अन्तर्गत हाइली प्रिमियम पावर तथा पर्फमेन्स बाइक, एटीभी, एसएसभी मोटरसाइकल तथा जीहो अन्तर्गत विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर अझ बढी आकर्षक विशेषताका साथ उपलब्ध गराउने बताएको छ ।
सेन्टरले सीएफ मोटोका एनके २५० र एसके २५० बाइक तथा एटीभी, एसएसभी र जीहोको एई६ उपलब्ध गराइरहेकोमा हालै एई६ प्लस नेपाली बजारमा भित्र्याएको छ । आकर्षक लुक्स, उच्च प्रविधि र प्रयोगकर्तामैत्री एई६ प्लसमा ५ दशमलव ५ किलोवाटको पिक पावर छ ।
यसमा साइड मोटर, किलेस डिजाइन, जीहो राइड एप, एन्टी–थेफ्ट सिस्टम, पार्किङ असिस्ट, एक्स्ट्रा ब्याट्री कम्पार्टमेन्ट, एलईडी लाइट, १२ इन्च टायर, सीबीएस ब्रेकिङ सिस्टम तथा अनरोड ७० देखि ९० किलोमिटर सम्मको रेन्ज जस्ता विशेषता रहेका छन् ।
कम्पनीको नक्सालस्थित शोरुममा जीहो एई ६ प्लस टेस्ट राइड गर्न सकिन्छ । टेस्ट राइड गरी ग्राहकले अन द स्पट स्कुटर खरिद समेत गर्न सक्ने र यसका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध छ । यसका साथै कम्पनीको तर्फबाट ग्राहकले गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS