काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली भएको छ ।
सेयरधनीलाई हात खाली बनाएको कम्पनीले माघ ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS