काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६२ विन्दुले घटेको छ ।
यससँगै सूचक २१२८ दशमलव ५६ अंकमा आएको छ । यस सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै यस सेसनमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार हुँदा कुल १ सय १३ वटा कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS