काठमाडौं । हङकङको काउलुन बेस्थित चार्जिङ स्टेसनमा चार्ज गरिरहेको वीवाईडीको गाडीमा आगलागी भएको छ।
काउलुन बेको लामहिङ स्ट्रिटमा रहेको चार्जिङ स्टेसनमा गाडी चार्ज गरिरहेको बेला अचानक चार्जिक पोइन्टमा आगो लागे हो । जसले गर्दा ठुलो विस्फोटको आवाज सुनिएको थिए ।
यो घटना बिहीबारको हो । पड्केको आवाजसहित गाडी जल्न थालेपछि चार्जमा राखेर बसिरहेकी महिलाले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन् ।
घटनास्थलमा अग्निनियन्त्रक पुगी आगो निभाएका थिए ।दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन ।
चार्जिङ युनिटभित्र विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अग्निनियन्त्रकको प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरमा सेतो सेडानको चेसिसमुनि आगो बलेको देखिन्छ भने अर्को तस्बिरमा गाडीको अगाडिको भाग जलेको देखिन्छ।
यसअघि नेपालमा चार्जिङमा राखिएको एमजीको कारमा पनि पुस ९ गते आगलागी भएको थियो ।
एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !
FACEBOOK COMMENTS