काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत ‘एनआईबीएल स्टेबल फण्ड’मा शुक्रबारसम्म ३५ हजार ३३५ जना आवेदकहरुबाट ७ करोड ८५ लाख ८१ ह्जार ५२० इकाईका लागि आवेदन परेको छ ।
हालसम्म ३ हजार ८५७ जना आवेदकले माग गरेको एक करोड ३० लाख ६० हजार ८७० इकाईहरू रद्द भएका छन् ।
कम्पनीले बन्दमुखी योजनाको एक अर्ब रुपैयाँ बराबरको दश करोड इकाईहरु प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ बिक्री गरिरहेको छ । यही माघ ५ गतेसम्मको समयसीमा राखेर माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको योजनामा मागबमोजिम आवेदन प्राप्त नभएपछि यही माघ १६ गतेसम्म म्याद थप गरिएको हो ।
यस अनुसार माघ १६ गतेसम्म यो योजनामा आवेदन दिन पाइने छ ।
आईपीओ जारी गर्दै माउन्टेन ग्लोरी, कसलाई नियुक्त गर्यो बिक्री प्रबन्धक ?
FACEBOOK COMMENTS