काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS