काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले नेपालमा स्थिर नीति नहुँदा अटोमोबाइल क्षेत्रको विकास हुन नसकेको बताएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले आज बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेट गरी नेपालमा अस्थिर नीति हुँदा आफूहरूले नयाँ उद्योग स्थापना गर्न नसकेको बताएका हुन् ।
मन्त्रीसँगको भेटका क्रममा अध्यक्ष चौधरीले नेपालमा दुई पाङ्गे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खुल्दै गएको र चार पाङ्ग्रे एसेम्बलिङ्ग उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकाले अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन गरे ।
भेटमा नाडाका सचिव विक्रम सिंघानियाले नेपाएनएसो अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने नीतिगत सुझावहरु प्रस्तुत गरेका थिए ।
छलफएनएसा क्रममा मन्त्री रमेश रिजालले अटोमोबाइल क्षेत्र देशलाई राजश्व र रोजगारी दिने प्रमुख स्रोत भएको र यसको विकासका लागि आवश्यक स्थिर नीति ल्याउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै अटोमोबाइल उद्योगहरु खोल्न कहाँ उपयुक्त हुन्छ त्यसबारे सुझाव दिन पनि अनुरोध गरे ।
यसै क्रममा मन्त्री रिजालले गोरखकाली रबर उद्योगलाई पीपीपी मोडेलमा लैजान सरकारले तयारी गरिरहेको जानकारी पनि दिएका छन् । अटोमोवाइल व्यवसायीहरुले सो उद्योग सञ्चालन गर्न सक्ने विश्वास मन्त्री रिजाएनएसो थियो ।
छलफलमा नेपालमा उत्पादित हेलमेट, व्याट्री तथा टायरहरुलाई सरकारको अनुमति र अनुगमनमा नाडा स्वयम्ले परीक्षण गर्ने मेशिन खरिदगरी नेपाएनएसो गुणस्तर प्रमाण चिन्ह एनएस प्रदान गर्न सक्ने विषयमा समेत अर्को बैठकमा थप छलफल गरिने बताए ।
छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, केन्द्रीय कार्य समिति सदस्यद्धय अभिक ज्योति, मेघराज पौडेल, सोहन श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।
यस्ता छन् नाडाका सुझावहरू–
१. अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भईरहेकोले महशुल दरहरुमा स्थिरता कायम गरिनु पर्ने देखिन्छ । खाशगरी :बपभ ष्ल ल्भउब िको अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने ऋप्म् स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगिहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालिन रुपमा सफल बनाउन हाल अन्त:शुएनएस महशुलमा दिइएको छुटको व्यवस्था कम्तिमा १५ बर्षसम्मको लागि कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुनेछ ।
२. एउटै ब्रान्ड्को पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमती बिना तेस्रो पक्षबाट निर्बाध रुपमा पैठारी हुदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपाएनएसो आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनु पर्ने ।
३. स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोवाइल सम्बन्धी एसेमब्लिङ्ग उद्योग, अटोमोवाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोवाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्नेछ ।
४. नेपाल र भारतविचको द्धिपक्षिय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न नेपालमा क्ष्लतभचलबतष्यलब िभ्अयलयmष्अ श्यलभ स्थापना गरिनु पर्ने ।
५. नेपाल मै लुव्रिकेण्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने ।
६. नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोवाइल, स्पेयर पार्टस्, हेलमेट, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित हेलमेट व्याट्री तथा टायरहरुलाई पनि नेपाएनएसो गुणस्तर प्रमाण चिन्ह एन्एस पाउने व्यवस्था हुनु पर्ने । नेपाल मै उत्पादन गर्ने उद्योगलाई एन्एस प्रदान गर्दा घरेलु उद्योगहरुलाई प्रोत्साहन पुग्ने ।
७. उत्पादनको माग र आपुर्ति सन्तुलनमा राख्न लुब्रिकेन्टस् आयात गर्नको लागि आयातकर्ताले अनिवार्य रुपले ब्एक्ष् ९ब्mभचष्अबल एभतचयष्गिm क्ष्एनएसतष्तगतभ० द्धारा जारी गरिएको गुणस्तर प्रमाणपत्र पेश गर्नुपर्ने अथवा कुनै च्भअयनलष्कभम ऋभचतषष्अबतष्यल ब्नभलअथ र साथै सम्बन्धित मुलुकले निर्धारण गरेको मापदण्ड समेतको प्रमाणपत्र पेश गर्नुपर्ने । त्यसैगरी विश्वका लुब्रिकेन्टस् निर्माता र निर्यातकर्ताहरुले आफ्नो उत्पादन तीनभन्दा बढी मुलुकहरुमा निर्यात गरेको प्रमाण पेश गर्नुपर्ने ।
८. त्यस्तै नेपाएनएसा लागि आधिकारिक बिक्रेता तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा अनिवार्य रुपमा आफ्नो एजेन्सी समेत दर्ता गरेको कम्पनीले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने । यस्तो व्यवस्था भएमा आयातलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने, बैदेशीक मुद्रा विदेशिन कम हुने, नेपाल मै रोजगारी सिर्जना भई युवाहरुलाई विदेशीनबाट केही हद सम्म रोक्न सकीने र देशलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने ।
९. नेपालमा कपी प्रोडक्ट्स निर्बाध रुपमा आयात हुँदा आधिकारीक आयातकर्तालाई मार परीरहेकोेले आयातकर्ताले भन्सारमा उत्पादनकर्ताको कागजात, ओरिजिन प्रमाणपत्र, ब्रान्ड्, लेवल आदी जाच गरेर मात्र समान पास गर्ने व्यवस्था हुनु पर्ने ।
१०. नेपाल सरकारको :बपभ ष्ल ल्भउब िको उद्धेश्य लाई साकार पार्न उद्योगलाई उत्पादनमा प्रोत्साहन गर्नू पर्ने र नगद प्रवाहमा राहत दिन आवश्यक भएको हुँदा हाल ऋप्म् इम्पापोर्टमा भन्सार बिन्दुमा लिँदै आएको च्म्ँ कर यातायात व्यवस्था कार्यालयमा दर्ताको बखत मात्र साविक व्यवस्था अनुसार नै लिने व्यवस्था गरिनु पर्ने । र
११. भारतिय न्क्त् लाई मध्यनजर र अध्ययन गरेर नेपाली कर प्रणाली र यसका दरहरु लागू गर्नाले खुला सिमानाका कारण उब्जिएको अबैध कारोबार निरुत्साहित हुने ।
FACEBOOK COMMENTS