काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि साधारण सेयर ( आईपीओ) निष्कासन हुने भएको छ ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS