काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हटाएको छ ।
अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको जनाएको छ ।
FACEBOOK COMMENTS