काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले आफ्नो दुईवटा समितिलाई पूर्णता दिएको छ ।
हिजो बुधबार कान्तिपथस्थित होटेल एल्लो प्यागोडामा बसेको संघको बैठकले मेला, प्रदर्शनी तथा प्रकाशन र सूचना प्रविधि समिति गठन गरी पूर्णता दिएको हो ।
बैठकले मेला, प्रदर्शनी तथा प्रकाशन समितिको सभापतिमा उज्वल जंग पराक्रम शाह (कर्पोरेड मिडिया) र सह–सभापतिमा प्रदीपमान प्रधान (हिट्को प्रालि) लाई तोकेको छ । यस्तै, सदस्यहरूमा तेन्जिङ शेर्पा (कार्यकारिणी सदस्य), रामशरण घिमिरे (शक्ति) (ह्वाइट मिडिया प्रालि), राजेन्द्र श्रेष्ठ (इन्टेरियर डेकोर फर्निचर उद्योग), एलिना थापा श्रेष्ठ (एड्भेन्ट मिडिया प्रालि) र शुभराज तिमल्सिना (लुक्स नेपाल इभेन्ट्स एण्ड मिडिया प्रालि) मनोनित भएका छन् ।
समितिको अन्य सदस्यहरूमा अनिला श्रेष्ठ (ग्रीन आर्टस् मिडिया), सरोज ओझा (राज्य मिडिया नेटवर्क प्रालि), अमिर रायमाझी (रङ्गशाला लञ्च), कमला कार्की, विजय सागर प्रधान (इभेन्ट सोलुसन्स प्रालि), सुरेन्द्र पौडेल (आर्थिक मिडिया प्रालि), सागर गजुरेल (अटोमोटिभ प्रालि), धिरज श्रेष्ठ (रञ्जना व्यापार संघ– पूर्वध्यक्ष) र छेवाङ्ग राई छन् ।
यसैगरी, सूचना प्रविधि समितिको सभापतिमा दीपक भण्डारी (क) लाई तोकिएको छ । सो समितिको सदस्यहरूमा राजन लम्साल (आईसीटी फाउण्डेशन नेपाल), लोकेश्वर मान जोशी (नेपाल वितरक संघ), सत्यबहादुर श्रेष्ठ (एमबीएसएच नेपाल), जितबहादुर राउत (नेप्को इन्टरमेन्ट प्रालि), सञ्जय सिंघानिया (हाइटेक सलुसन्स् एण्ड सर्भिसेज प्रालि) र पङ्कज अधिकारी (साइपाल टेक्नोलोजी) छन् ।
FACEBOOK COMMENTS