संसद भवनभित्र आन्दोलनकारी प्रवेश गरेपछि छानबिन समिति गठन
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्ने भएको छ ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले छानबिन समिति गठन गरेका हुन् । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य छन् ।
FACEBOOK COMMENTS