काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम बुधबारबाट पाइने भएको छ ।
उक्त सेयरमा आवेदन दिएको स्थानमा पैसा लिन जानु पर्ने भएको छ । लगानीकर्ताले बुधबार देखि चेक फिर्ता पाउने भएका छन् ।
काठमाडौं उपत्यका बाहिरबाट आवेदन बुझाएकाहरुले ०१५९७००६४ मा फोन गरेर आफ्नो बैंक खता नम्बरलगायतको विवरणहरु अध्यावधिक गराएपछि पुनः आइपीएसमार्फत रकम भुक्तानी हुने कम्पनीले जनाएको छ ।
आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खाता विवरण नम्बर नमिलेकाले आइपीएसमार्फत रकम फिर्ता गर्न नसकेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS