काठमाडौं । कुमारी बैंक लिमिटेडको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।
FACEBOOK COMMENTS