काठमाडौं । प्रभु इन्सुरेन्सले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा समिति र प्रभुको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS