काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।
मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS