काठमाडौं । महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो समस्या आफैं समाधान गर्न सक्ने क्षमता महिलाहरूमा विकास गर्नु नै महिला सशक्तीकरण भएको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय महिला दिवस, २०२४ को अवसरमा आज महिला चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक क्षेत्रमा महिलाहरूको उपस्थिति बढाउँदै उनीहरूमा आफ्नो समस्या आफैं समाधान गर्न सक्ने क्षमता विकास गर्नु जरुरी रहेको बताएकी हिुन् ।
‘आर्थिक क्षेत्रमा महिलाको उपस्थिति बढाउनुपर्छ । महिलाहरूले आफ्नो समस्या आफै समाधान गर्न सक्ने क्षमता विकास गर्नु नै महिला सशक्तीकरण हो । यसका लागि महिलाहरूले उत्पादन गर्ने खाद्य सामग्री, घरायसी प्रयोजनका सामग्रीहरू, हस्तकलाका सामानहरू, नेपाली महिलाले प्रयोग गर्दै आएका परम्परागत आभूषणलगायतका सामानहरू निर्यातको वातावरण बनाउन जरुरी छ,’ उनले भनिन् । यस्तो काममा महिला चेम्बर अफ कमर्शले थुप्रै प्रयास गर्दै आएको उनको भनाइ थियो ।
नेपाली महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई विश्वबजारमा पुर्याई नेपाली महिलाको पहिचानमा उत्थान पुग्नेगरी नेपाल महिला चेम्बरले कार्यक्रमहरू गर्दै आएको चर्चा गर्दै उनले भनिन्, ‘महिलाहरूले उत्पादन गर्ने कुनै पनि वस्तु तथा सेवामा चाहिने आवश्यक कच्चा पदार्थ र उपकरणमा लाग्ने भन्सार शुल्क आदिमा विशेष सुविधा प्रदान गर्नु आवश्यक छ । नेपाली महिला उद्यमीहरूलाई प्रोत्साहन गरी स्वरोजगार बनाउन बिनाधितो न्यूनतम ऋण उपलब्ध गराउन आवश्यक देखिएको छ ।’
यस्तै, उनले संस्था दर्तादेखि कर र लेखासम्बन्धी व्यवस्थामा सरलीकृत गरी महिला उद्यमीहरूलाई सहज वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
यसैगरी, उनले प्रशासनिक क्षेत्रका केही आरक्षणको व्यवस्था गरिएकाले महिलाको सामान्य उपस्थिति देखिन थालेको भए पनि लैंगिक हिसाबले सामाजिक, आर्थिक र राजनीतिक भूमिकामा अझै उपस्थिति कमजोर रहेको बताइन् । महिला अधिकारको अर्को पक्ष आर्थिक समृद्धि भएको र महिलाहरूको आर्थिक विकास र जीवनस्तल सुधार नभएसम्म अधिकारको कुरामात्र गरेर अर्थपूर्ण नहुने धारणा उनको छ ।
हेर्नुहोस् भिडिओ–
महिलाका लागि बजेट छुट्टयाउन नसकिए दिवस मनाउनुको अर्थ रहँदैन : कमलेश अग्रवाल (भिडिओ)
कर्पोरेट मिडिया ग्रुपकी निर्देशक संगीता खत्री महिला चेम्बरद्वारा सम्मानित
FACEBOOK COMMENTS