काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँ (एनसीआईसीके)ले आगामी वैशाखमा भर्चुअल मेला आयोजना गर्ने भएको छ ।
वर्तमान डिजिटल युगको सदुपयोग गर्दै देशभरिका मानिसहरूले अवलोकन गर्नसक्नेगरी संघले पहिलो पटक अनलाइनमार्फत ‘भर्चुअल मेला’ आयोजना गर्न लागेको हो ।
संघका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार ‘भर्चुअल मेला’ वैशाख १ देखि १५ गतेसम्म सञ्चालनमा आउने छ ।
‘ आर्थिक मन्दीको अवस्थालाई बुझेर मेला आयोजना गर्ने लागेका हौँ । खाली समयलाई सदुपयोग गरेर मेला अवलोकन गरिदिनुस् । अहिले डिजिटल युग छ । त्यसैले हामीले पनि भर्चुअल रुपमा प्रदर्शनी गर्न लागेका हौँ,’ संघका अध्यक्ष दिनेश श्रेष्ठले भने, ‘ मेलामा होलसेलर, रिटेलर देखि हरेक व्यवसायीको सहभागिता रहने छ । यसबाट व्यापार व्यवसाय झनै बढ्ने छ । यसमा सबै समावेश हुन सक्ने छन् । स्टलका मात्र बढी घटी भन्ने हुँदैन । ’
मेलाको स्टल बुकिङ अनलाइनबाट नै गर्न सकिन्छ भने यो वर्ष भरिनै सञ्चालन गर्ने तयार गरिरहेका उनले बताए ।
यस्तै, महासचिव दुर्गा राज श्रेष्ठले बदलिँदो परिवेशलाई मधेनजर गर्दै पहिलो पटक भर्चुअल मेला आयोजना गर्ने लागेको बताए ।
उनले डिजिटल युग र साधनको प्रयोग गरेर मेलालाई साथ सपोर्ट गर्ने समेत आग्रह गरे ।
FACEBOOK COMMENTS