काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री रहुञ्जेल डटेर काम गर्ने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले डटेर काम गर्ने बताएका हुन् ।
आज प्रतिनिधि सभामा आफ्नो राजीनामा माग्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वेल घरेको घटनामाथि प्रतिक्रिया जनाउँदै उनले भने, ‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला । म आफ्नो काम गरिरहन्छु, मलाई यो शक्ति नेपाली जनताले दिएका हुन् । मैले प्राप्त गरेको यो शक्ति नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको हो । कतिदिन हुन्छु मलाई थाहा छैन । जतिदिन हुन्छु डटेर, नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु ।’
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेपछि रास्वपाले के भन्यो ?
FACEBOOK COMMENTS