काठमाडौं । मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
आज शुक्रबार साँझ बसेको बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
२०८० चैत २ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
१. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने ।
२. देहायका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गर्ने:
क. श्री श्यामलाल ज्ञवाली, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो
ख. श्री किरण बज्राचार्य, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग
FACEBOOK COMMENTS