काठमाडौं । विद्युत् नियमन आयोग (ईआरसी)का अध्यक्ष दिल्लीबहादुर सिंहलाई कर्पोरेट मिडिया ग्रुपले विशेष सम्मान प्रदान गरेको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘विशेष सम्मान’ प्रदान गरेको हो ।
नेपालमा जलविद्युत् आयोजनाको निर्माणका साथै ऐन, कानुन, नीतिनिर्माणलगायतका विद्युत् क्षेत्रको उन्नयनका लागि अनवरतरूपमा लागिरहेका सिंह अहिले विद्युत् नियमन आयोगको संस्थापक अध्यक्ष छन् ।
विद्युत् उत्पादनको क्षेत्रमा हाइड्रोलोजिकल पेनाल्टीको अमिल्दो व्यवस्था हटाएर चर्चामा आउनुभएका उहाँले रुग्ण जलविद्युत् आयोजनाहरूलाई ३ प्रतिशत व्याजदरमा पुनःकर्जाको व्यवस्था गरे । यस्तै, उनले विद्युत् विकासका लागि २०० प्रतिशतसम्म अग्राधिकार शेयर जारी गर्ने प्रबन्ध पनि गरेका छन् ।
उनका यी अतुलनीय कदमहरूका कारण अहिले नेपालमा विद्युत् उत्पादनको क्षेत्रलाई ठूलो राहत पुग्नाका साथै राम्रो फड्को समेत मारेको छ ।
FACEBOOK COMMENTS