काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापामा निर्माण गरेको बी एण्ड सी मेडिकल कलेजको संरचना अहिले जीर्णप्रायः छ ।
१२ वर्षअघि डेढ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्माण गरेको सुविधासम्पन्न मेडिकल कलेजले सम्बन्धन नपाउँदा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको लगानी समेत जोखिममा परेको छ । तर, विभिन्न राजनीतिक दाउपेच र डा. गोविन्द केसीको बारम्बारको अनसनका कारण सो मेडिकल कलेजले समयमै सम्बन्धन पाउन नसकेको सञ्चालक दुर्गा प्रसाइँ बताउँछन् ।
तर, उनले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै सर्वोच्चमा हालेको मुद्दा आज उनले जितेका छन् । चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारविरुद्ध २०७७ साल असार २१ गते दायर रिटमाथि आज सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले निर्णय सुनाउँदै सो मेडिकल कलेजलाई सञ्चालन गर्न दिन आदेश दिएको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले निवेदकले माग गरे अनुसारको फैसला भएको जानकारी दिए । विभिन्न कारण प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले सञ्चालन अनुमति (एफिलिएसन) नपाउँदा प्रसाईंले बैंकको कर्जा तिर्न सकेका थिएनन् । मेडिकल कलेजको लाइसेन्स पाउनुपर्ने माग गर्दै प्रसाईं अदालत गएका थिए ।
कस्तो छ त उनले बनाएको मेडिकल कलेजको हालत ? यस्तो छ कर्पोरेट खबरले करिब आठ महिनाअघि छायाँकन गरेको दृश्य–
दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतको फैसला : बी एण्ड सी मेडिकल कलेज सञ्चालन गर्न दिन आदेश
FACEBOOK COMMENTS