काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनका लागि भोलिदेखि बुक क्लोज गर्दैछ ।
त्यस अनुसार यो कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । आगामी २९ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले भोलि शुक्रबार बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
FACEBOOK COMMENTS