काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सातौ दिन पोजेटिभ सर्किट लागेको छ । आज बिहिबार पनि शेयर कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।
नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको सर्वोत्तम सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते , चैत्र १२ गते, चैत्र १३ गते , आज चैत्र १४ गते र चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
चैत्र ६ गते कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।
FACEBOOK COMMENTS