काठमाडौं । गरिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
हिजो बुधबार बसेको बैंक सञ्चालक समितिको ३०४औं बैठकले बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत उपाध्यायलाई सीईओ नियुक्त गरेको हो ।
उनको कार्यकाल आगामी वैशाख १ गतेदेखि लागू भइ चार वर्ष अवधिको हुने छ ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा स्थापना कालदेखि कार्यरत रहँदै आएका थिए । विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक प्राध्यापन पेसामा संलग्न थिए ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल यही चैत मसान्तमा समाप्त हुने भएकाले उपाध्यायलाई नयाँ सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
यस्तै, बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई आजैदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गरेको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS