काठमाडौं । हिमालयन बैंकका विभिन्न ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
बैंकका ८ जना संस्थापकले उक्त सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
३५ दिन भित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS