काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २ हजार ७ सय रुपैयाँले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३० हजार रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार सुनको मूल्य स्थिर रहेपनि सोमबार १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घटेको थियो । यस्तै, बुधबार १ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १ हजार रुपैयाँ र शुक्रबार १ हजार ३ सय रुपैयाँले घटेको हो ।
यो साता चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १५ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १६ सय १५ रुपैयाँ कायम भएको छ । यो ९० रुपैयाँ वृद्धि भएको हो ।
FACEBOOK COMMENTS