काठमाडौं,फागुन ३० – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले १९ बुँदे निर्णय गरेको छ।
रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले मार्च १४ देखि लागू हुने गरी अन अराइभल भिसा रोक्नेदेखि सिनेमा हलमा नजान सार्वजनिक रुपमा आह्वान गर्नेसम्मका १९ बुँदे निर्णय गरेको छ।
बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरुको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत भिसा रोक्ने निर्णय गरेको हो । समितिले १४ मार्चदेखि अप्रिल ३० सम्मका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको हो।
अति जरुरी अवस्थामा नेपाल आउनु परेमा पनि स्वास्थ्य जाँचको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय पनि समितिले गरेको छ।
पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ। सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ।
सरकारकाले सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरेको छ ।
FACEBOOK COMMENTS