काठमाडौं । प्रि–ओपन सेसनमा आज १८ लाख ९१ रुपैयाँभन्दा बढीको शेयर कारोबार भए पनि नेप्से सूचक घटबढ भएको छैन ।
यससँगै सूचक २०३८.१० अंकमा रहेको छ । यो सेसनमा ३१ कम्पनीको ५ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
१० कम्पनीको मूल्य बढ्दा १९ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS